Posts

Showing posts from June, 2020

मोहन्याल गतिशिल युवा समाज भारतको सहयोगमा क्वारेन्टिनमा सामाग्री वितरण

Image
कोरोना भाइरस बाट बच्नका लागि प्रवासमा रहेर मोहन्याल गतिशील युवा समाजले मोहन्याल गाउपालिका भित्र रहेका क्वारेन्टाइनमा ७ वटै वडामा भोक भन्दा नि रोग संग लड्न जरुरि देखेकोले केन्द्रीय समितिका अध्यक्ष जनक शाहि, सचिव करन बि सि ,कोषाध्यक्ष गोपिराम जैसि र केन्द्रीय समितिका वरिष्ठ सल्लाहकार विष्णु शर्मा महाराष्ट्र राज्य समितिका अध्यक्ष निराजन बटाला, हरियाणा राज्य समितिका अध्यक्ष किसन बिष्ट, कर्नाटक राज्य समितिका अध्यक्ष दिनेश गौतम र गुजरात राज्य समितिका अध्यक्ष एकेन्द्र घोडासैनिको पहलमा सेनिटाइजर, साबुन ,सोडा , मास्क,हार्पिक र फलेबिसौना क्वारेन्टिनमा ७५ जार पानि वितरण गरिएको जानकारी प्राप्त भएको छ । विश्वभरी कोरोना महामारी फैलिएको बेला नेपालमा पनि यसको असर देखिन थालेको छ । नेपालमा पनि अहिले विभिन्न जिल्लामा कोरोना भाइरसले आतंक मच्चाउन थाले पछि मानिसहरुमा एक किसिमको त्रास फैलिएको छ । यहि बिचमा कैलालीको मोहन्याल गाउँपालिका पनि यसमा अछुतो छैन । यहि समस्यालाई मध्यनजर गर्दै युवाहरुको पहलमा सेनिटाइजर, साबुन ,सोडा , मास्क,हर्पिक र फलेबिसौना क्वारेन्टिनमा ७५ जार पानी वितरण गरिएको छ ।

मृत्यु पछि कोरोन पुष्टीहुदा थप जोखिम लम्कीचुहा नगरपालिका

Image
कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ की एक महिलाकाे काेराेनाबाट मृत्यु  भएको  छ |बेहोस अवस्थामा २० जना को समूह ले उनलाई उपचार को लागि अस्पताल ल्याएको चार दिन सम्म उपचार गर्दा स्वास्थ्यमा सुधार नआयपछी उनलाई नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरियको थियो |  अहिले मृतक संग प्रतक्ष्य संग्लग्न भयका सम्पूर्ण स्वास्थ्यकर्मी लगायत स्थानीय लाई क्वारेन्टिन मा बस्न लाई आह्वान गरियको छ | लम्की चुहा अस्पताल पनि केहि दिन को लागि सिल गरियको छ | साथै अस्पताल प्रमुख प्रकाश तिमिल्सेना  मृतक महिला को उपचार पछि सैयौ बिरामी संग सम्पर्क मा रहेको बताएका छन् |

सचेत नागरिक समूह लम्कीद्वारा PCR Test को माग

Image
आज सचेत नागरिक समूह लम्कीले, लम्की-चुहा नगरपालिका नगरप्रमुख महादेव बज्गाई र प्रदेश सांसद माननीय रतन थापालाई PCR पद्धतिबाट कोरोना परिक्षणको दायरा बढाउन नजिकका जा नकी गाउँपालिका, मोहन्याल गाउँपालिका, बर्दगोरिया गाउँपालिका र टिकापुर नगरपालिकासंग समन्वय गरि PCR मेशिन खरिद गर्न र जनताको स्वास्थ्यको ख्याल गरिदिन सचेत नागरिक समूह लम्कीलद्वारा ध्यानाकर्षण गराइएको  हो  ।

क्वारेन्टाइनमा सामूहिक ब’ला’त्का’र यसरी भएको थियो : हाम्रो लम्की

Image
टीकापुर ,परमानन्द पाण्डे : कैलालीको लम्कीचुहा नगरपालिका–१ की ३१ वर्षीया युवती ६ महिनाअघि कामको खोजीमा भारतको बैङलोर पुगिन्। श्रीमान् कान्छी श्रीमती लिएर झन्डै ७ वर्षअघि भारत भासिएपछि दुई बच्चाको लालनपालन गर्न उनी पनि त्यतै गएकी हुन्।भाँडा माझ्ने काम कोरोना महामारीले रोकियो। झन्डै दुई महिनापछि उनी गैरीफन्टा नाका हुँदै जेठ २० गते लम्की पुगिन्। नाबालक छोराछोरी र नजिकै रहेका माइती भेट्ने रहर हुँदाहुँदै पनि उनी स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बसिन्। सरकारले पहरा दिने भनिएको क्वारेन्टाइनमा शनिबार राति सामूहिक ब’ला*त्कारको सिकार भइन्। क्वारेन्टाइनका लागि निश्चित मापदण्ड छन्। सुरक्षा , स्वास्थ्यकर्मी , खानपान , नियमित रेखदेख। तर , लम्की चुहा–१ ले व्यवस्थापन गर्दै आएको सहिद स्मृति माविमा उनी तीन जनाको ब’ला*त्कारमा परेकी हुन्। विद्यालयमा जति बेला जो पनि निर्धक्क प्रवेश गर्ने वातावरण छ। दिउँसै असुरक्षित रहेको विद्यालयको छेउ कोठामा १४ दिन क्वारेन्टाइन बसेका ३३ जना घर फर्किए। अर्की एक महिला श्रीमान्सँगै बसिन्। ती युवतीलाई त्यही छेउको कोठामा बस्न भनियो। १२ दिन पुगिसकेको भए पनि उनको आरडीटी...

क्वारेन्टिनमा सामूहिक बलात्कार : तीन अभियुक्तलाई ७ दिन थुनामा राख्न अनुमति : हाम्रो लम्की

Image
क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार: कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो ।प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक हुन् ।घटनाबारे पीडित युवतीले प्रहरीमा किटानी जाहेरी दिएपछि विस्तृतमा अनुसन्धान भइरहेको कैलाली प्रहरीका डीएसपी प्रतिक विष्टले अनलाइनखबरलाई बताए ।पीडित महिला दुई साताअघि भारतको बैंग्लोरबाट आएकी थिइन् । एक जना प्रतिवादीले जबरजस्तीकरणी गर्दै गरेको भिडियो पनि रेकर्ड गरेको महिलाको भनाइ छ ।