क्वारेन्टिनमा सामूहिक बलात्कार : तीन अभियुक्तलाई ७ दिन थुनामा राख्न अनुमति : हाम्रो लम्की

क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार:
कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो ।प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक हुन् ।घटनाबारे पीडित युवतीले प्रहरीमा किटानी जाहेरी दिएपछि विस्तृतमा अनुसन्धान भइरहेको कैलाली प्रहरीका डीएसपी प्रतिक विष्टले अनलाइनखबरलाई बताए ।पीडित महिला दुई साताअघि भारतको बैंग्लोरबाट आएकी थिइन् । एक जना प्रतिवादीले जबरजस्तीकरणी गर्दै गरेको भिडियो पनि रेकर्ड गरेको महिलाको भनाइ छ ।

Comments

Popular posts from this blog

क्वारेन्टाइनमा सामूहिक ब’ला’त्का’र यसरी भएको थियो : हाम्रो लम्की

मोहन्याल गतिशिल युवा समाज भारतको सहयोगमा क्वारेन्टिनमा सामाग्री वितरण